२०८२ माघ २ बिहीबार

बालेन शाहमाथि अख्तियारको छानबिन सुरु, विदेश भ्रमणमा अनियमित खर्चको आरोप

  • admin २०८२ जेठ २८ मङ्गलबार

काठमाडौं -काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ। उनले निजी सल्लाहकारलाई समेत नगरको खर्चमा विदेश भ्रमणमा लगेको भन्दै उजुरी परेपछि अख्तियारले सोधपुछ थालेको हो।

बालेन गत वर्ष कान्स फिल्म फेस्टिभलमा दुई सल्लाहकारसहित फ्रान्स गएका थिए। उनीसँग व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनील लम्साल पनि भ्रमणमा सहभागी थिए। महालेखा परीक्षणका क्रममा ब्राजिल भ्रमणसमेतमा अनियमित खर्च देखिएको छ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार बालेनसहित महानगरका पदाधिकारी र कर्मचारीहरूले ५२ लाख ५४ हजार रुपैयाँभन्दा बढी अनियमित खर्च गरेका छन्, जसमा ३२ लाख ७९ हजार रुपैयाँ बालेन र उनका सल्लाहकारको नाममा परेको छ।

अख्तियार स्रोतअनुसार सल्लाहकारहरूसँग बयान लिइसकिएको छ र अब बालेनसँग सोधपुछपछि मुद्दा चलाउने वा नचलाउनेबारे निर्णय गरिनेछ।