क्यानडा। उच्च शिक्षाको लागि क्यानडा गएकी एक नेपाली विद्यार्थीको सामुहिक बलात्कार भएको छ । घटना गत डिसेम्बर २५ तारेख अर्थात पुस १० गते बुधबारको हो । फेसबुकबाट चीनजान भएका उनिहरुले तिहारमा भाईटिका समेत लगाएका थिए । कोठामा बोलाई नेपाली ३ जना युवाहरुले ती २० बर्षिया युवतीलाई कोठामै बलात्कार गरेका थिए । घटनाको बारेमा प्रहरीलाई भनेमा ज्यान मार्ने धम्की समेत उनीहरुले दिएका थिए ।
घटना लगत्तै पीडित युवतीले प्रहरीलाई टेलिफोन गरे लगत्तै उनलाई प्रहरीले उद्धार गरेको थियो भने बलात्कार आरोपित ३ जना युवालाई प्रहरीले सोही समयमा पक्राउ गरेको थियो ।
अनुसन्धान पछी २ जना युवालाई प्रहरीले ब्यक्ति जमानीमा छाडेको र १ जना युवाको जिम्मा जमानी लिने ब्यक्ती नभएकोले उनी प्रहरी हिरासतमै रहेका छन्।
उनिहरु दोषी ठहरिए क्यानडाको कानुन सजाय भोग्ने र अनुसन्धान, छानविन तथा मुद्दा फैसला नहुँदा सम्म आरोपितलाई प्रहरीले जिम्मा जमानीमा समेत छाडन सक्ने कानुनी प्राबधान रहेको क्यानडा स्थित कानुन व्यवसायीहरूले बताएका छन्। उनिहरु दोषी ठहरिए आफ्नो देश डिपोट हुन सक्ने वा थप कानुनी सजाँय पछी मात्रै पनि डिपोट हुन सक्ने बताइएको छ ।
सो घटनाको सम्बन्धमा एनआरएनए क्यानडाले मंगलबार एक बिज्ञप्ति जारी गरि हालै भएको सो घटनाको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
घटना भएको करिब १ महिना पछि मात्रै आफ्नो फेसबुक पेजमा बिज्ञप्ती जारी गर्दै एनआरएन क्यानडाले सो घटनाको टिकटक लगायतका विभिन्न सञ्चार माध्यमहरुमा ब्यापक रूपमा चर्चा भएको भन्दै पीडितको सहयोगको निम्ति गैर आवासीय नेपाली संघ क्यानडाले सहयोग गरिरहेको बताएको छ ।
एनआरएनए क्यानाडाकी महासचिव चन्दा अधिकारीका अनुसार अहिले बहिनीको अवस्था सामान्य रहेको र पहिलेको भन्दा धेरै सुधार आएको बताउनुभएको छ। र महासचिव अधिकारीका अनुसार अहिले बहिनीलाई खान बस्नका साथै सुरक्षित स्थानमा राखिएको समेत जानकारी दिनुभयो । यस घटनाले सञ्चार माध्यमको ध्यान समेत केन्द्रित गरेको छ। भने सञ्चार माध्यमले पनि सहयोगको लागि अपिल गरिरहेका छन्।

तपाइँको प्रतिक्रीया