२०८२ चैत ८ आइतबार

शिव परियारको नेतृत्वमा फ्रेबुअरी २१ मा एडिलेडमा विशेष सांगीतिक कार्यक्रम हुँदै

  • admin २०८१ फागुन १ बिहीबार
अस्ट्रेलिया- “नेपाल आइडल उईथ शिव परियार” नाम दिईएको अस्ट्रेलियामा हुने विभिन्न सांगीतिक कार्यक्रमका लागि चर्चित गायक शिव परियार, नेपाल आइडल सिजन ५ का विजेता करण परियार, प्रथम उपविजेता सलोमी गुरुङ तथा चर्चित नेपाली अभिनेत्री झरना रिसाल अस्ट्रेलिया आइपुगेका छन्।
सारङ्गी ईभेन्टको आयोजनामा हुने अष्ट्रेलियाको सांगीतिक  यात्राको प्रारम्भ पहिलो कार्यक्रम प्रेम दिवसको अवसरमा सिड्नीमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ। सारङ्गी ईभेन्टका निर्देशक हेम श्रेष्ठका अनुसार प्रेम दिवस अर्थात फेब्रुअरी १४मा सिड्नीमा विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको बताउनुभयो। पाल्पा इन्टरटेनमेन्टको प्रस्तुतिमा फेब्रुअरी १४ मा ‘रातोघर: द भेन्यू’, ग्रान्भिल, सिड्नी मा भव्य सांगीतिक साँझ हुन गइरहेको छ।
निर्देशक श्रेष्ठका अनुसार सिड्नीको कार्यक्रमपछि शिव परियारसहितको टोली फेब्रुअरी २१ मा एडिलेडमा र मार्च २ मा पर्थमा आफ्नो  सांगीतिक  प्रस्तुति दिने भएका छन्। त्यसपछि अन्य स्टेटहरूमा पनि कार्यक्रम रहेको  निर्देशक श्रेष्ठले जानकारी दिनुभयो।
निर्देशक श्रेष्ठले  यस्ता कार्यक्रमले प्रवासी नेपालीहरूको सांस्कृतिक जरा बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। एडिलेडको लागि अष्ट्रेलियन डलर ३० प्रवेश शुल्क रहेको कार्यक्रम एभरेस्ट रेस्टुरेन्ट एण्ड इभेन्ट सेन्टरमा फेब्रुअरी २१ मा बेलुका ६ बजेदेखि सुरु हुने छ ।
सारंगी इभेन्ट्सका अर्का निर्देशक सुजन अधिकारीले यो सांगीतिक यात्राले नेपाली कला र संस्कृतिलाई प्रवर्द्धन गर्ने साथै अष्ट्रेलियामा रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने लक्ष्य राखेको बताए। निर्देशक अधिकारीले टिकेटको मूल्य जम्मा अस्ट्रेलियन डलर ३० रुपैयाँ मात्र रहेकाले परिवारसहित कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनुहुन अनुरोध समेत गर्नुभएको छ।
एडिलेडमा हुने कार्यक्रमका लागि नेप्को ग्रुपले मुख्य प्रायोजन गर्ने भएको छ,भने एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिससेस एडिलेडको विशेष सहयोग रहेको छ । नेपाली गीतसंगीतका पारखीहरूलाई यो कार्यक्रमले मनोरञ्जन मात्र होइन, आफ्नो संस्कृति र कलाकारहरू प्रतिको माया अझ गाढा बनाउने अवसर प्रदान गर्ने विश्वास लिएको छ।

टिकेटको लागि तलको लिङ्कमा जान सक्नुहुनेछ।https://imticketing.com/event/9/nepal-idol-with-shiva-pariyar

कार्यक्रम विवरण
•मिति: फेब्रुअरी २१, २०२५
•स्थान: एभरेस्ट रेस्टुरेन्ट एण्ड इभेन्ट सेन्टर, एडिलेड
•समय: साँझ ६ बजेदेखि
•प्रवेश शुल्क: ३० अष्ट्रेलियन डलर