एडिलेड – नेपाली जनप्रगतिशील मञ्च (एनपिपिएफ) साउथ अष्ट्रेलियाले नेपाली समुदायबीच भेटघाट तथा वार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ । राज्य समिति अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उनले नेपाली समुदायको हितका लागि आगामी दिनमा अझ प्रभावकारी गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै,कार्यक्रममा उपस्थित अतिथिहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै उनले नेपाली समाजमा एकता र सहकार्यर रहिरहन पर्नेमा जोड दिएका थिए।

कार्यक्रममा एनआरएनए ओशियानाका पूर्व सहसंयोजकहरु रमेश जोशी र नविन कडेल, फेन्का अष्ट्रेलियाका महासचिव कपिल पाण्डे, एनआरएनए आईसिसी सदस्य सुजन अधिकारी, ओएनएफ साउथ अष्ट्रेलियाका अध्यक्ष युवराज पहाडी, एडिलेड खुकुरी क्लबका अध्यक्ष कुमार पुष्प गुरुङ र नेपाली पाठशालाका प्रिन्सिपल चन्द्र मणि पाण्डे लगायतका वक्ताहरुले आफ्ना भनाइ राखेका थिए। वक्ताहरुले प्रवासमा रहेका नेपाली संघसंस्थाहरुले नेपाल र नेपाली समुदायको हितमा केन्द्रित रही काम गर्नुपर्नेमा जोड दिए।
स्थानिय बोनाथन पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली समुदायका अगुवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रम एनपिपिएफ अष्ट्रेलियाका सदस्य कौशल उप्रेतीले संचालनको जिम्मेवारी सम्हालेका थिए।
प्रवासी जीवनमा नेपाली समुदायलाई एकताबद्ध राख्न यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहन्छ। नेपाली जनप्रगतिशील मञ्च (एनपिपिएफ) साउथ अष्ट्रेलियाद्वारा आयोजित हालैको भेटघाट तथा वार्बिक्यु कार्यक्रमजस्ता आयोजनाले समुदायबीच आत्मीयता बढाउन महत्त्वपूर्ण योगदान पुर्याउँछ। यस भेटघाट तथा वार्बिक्यु कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले नेपाल र नेपाली समुदायको हितमा प्रवासबाट कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा प्रकाश पार्नु थप अर्थपूर्ण रूपमा लिन सकिन्छ।







तपाइँको प्रतिक्रीया