एडिलेड – दक्षिण अस्ट्रेलियाका बासिन्दाहरूका लागि ऐतिहासिक अवसर आएको छ। यूनाइटेड एयरलाइन्सले एडिलेड र अमेरिका बीच पहिलो पटक सिधा उडान सुरू गर्ने घोषणा गरेको छ। आगामी क्रिसमसदेखि एडिलेडबाट सान फ्रान्सिस्को जाने सीधा हवाई सेवा सुरू हुनेछ।

यस घोषणासँगै दक्षिण अस्ट्रेलियाका यात्रुहरूलाई लामो समयदेखिको अन्तर्राष्ट्रिय हवाई सेवा अभावको अन्त्य हुनेछ। हालसम्म राष्ट्रिय विमान सेवा प्रदायक क्वान्टसले समेत दक्षिण अस्ट्रेलियालाई छुट्याउँदै आएका कारण एडिलेडका यात्रुहरूलाई अमेरिका पुग्न अन्य शहर हुँदै लामो मार्ग अवलम्बन गर्नुपर्थ्यो।
दक्षिण अस्ट्रेलियाका मुख्यमन्त्री पीटर मालिनौस्कसले यसलाई प्रदेशका लागि ठूलो उपलब्धि भनेका छन्। उनले भने, “यो हाम्रो उड्डयन नेटवर्कको प्रमुख उपलब्धि हो, जुन दशकौंको प्रयासपछि सम्भव भएको हो।”
यूनाइटेड एयरलाइन्सको नयाँ उडानले पर्यटन, व्यापार र सांस्कृतिक आदानप्रदानमा नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ।

तपाइँको प्रतिक्रीया