२०८२ चैत ८ आइतबार

अष्ट्रेलियामा बसेर शारीरिक सुगठन मार्फत नेपाललाई चिनाएका सुजन शिल्पकार पोखरामा सम्मानित

  • admin २०८१ चैत २४ सोमबार

पोखरा / अष्ट्रेलियामा शारीरिक सुगठन मार्फत नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएका सुजन शिल्पकारलाई पोखरामा सम्मान गरिएको छ। आइतबार नेवाः मिसा पुचः कास्कीले आफ्नो ११ औँ वार्षिक साधारणसभाको अवसरमा उनलाई सम्मान गरेको हो। पोखरा न्युरोड निवासी सुजन हाल सिड्नीमा बस्दै आएका छन्।

सम्मान समारोहमा नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखे र नेवा मिसा पुचः कास्कीकी अध्यक्ष सँगीता बज्राचार्यले सुजनलाई फेटा, ट्रफि, र पुष्पगुच्छाले सम्मान गरे। 

सुजनले १६ वर्षको उमेरदेखि शारीरिक सुगठनमा आफ्नो यात्रा सुरु गरेका थिए। सन् २०१९ यता, उनले विश्वका विभिन्न देशमा आयोजित नेचुरल बडिविल्डिङ प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गर्दै ९० भन्दा बढी स्वर्ण पदक जितिसकेका छन्। उनले अष्ट्रेलियाको ताज्मानिया च्याम्पियनसिपदेखि नेचुरल विधामा विश्व च्याम्पियनसम्मका उपाधि हासिल गरेका छन्। हाल, उनी सन् २०२५ मा अमेरिकाको लस एन्जल्समा हुने नेचुरल ओलम्पियामा सहभागिता जनाउने तयारीमा छन्। डब्लुएफएफ प्रो कार्ड प्राप्त प्रशिक्षक रहेका सुजन हाल अष्ट्रेलियामा पर्सनल फिटनेस ट्रेनरको रूपमा कार्यरत छन्।