२०८२ चैत ८ आइतबार

Skilled Migration भिसाको न्यूनतम आय सीमा 4.6 प्रतिशतले बढ्ने, नयाँ दर जुलाई 1 देखि लागू हुने

  • admin २०८१ चैत २६ बुधबार

अस्ट्रेलिया- अस्ट्रेलियन सरकारले सन् 2025 जुलाई 1 देखि सीप आधारित भिसासम्बन्धी न्यूनतम आम्दानी सीमा (Income Threshold) मा 4.6 प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ। कोर स्किल अकुपेशन लिस्टमा भएका 456 वटा काम गरेर पाइने चारवटा स्पन्सरशिप भिजाहरुमा चाहिँ 4.6% ले तलब वृद्धि गर्ने जनाएको छ। भिजाहरु 482 186 187 र 494 visa पाउनको लागि अब कामदारले न्यूनतम पनि न्यूनतम पनि 76,515 डलर पाउनुपर्ने भएको छ। यो निर्णय वार्षिक औसत साप्ताहिक तलब (Average Weekly Ordinary Time Earnings – AWOTE) को वृद्धिसँग मेल खाने गरी गरिएको हो। यसले सरकारले प्रस्तुत गरेको Migration Strategy मा उल्लेखित प्रतिबद्धता तथा Migration Review को सिफारिस अनुसार कार्यान्वयन गर्न सहयोग पुर्‍याउनेछ।

सरकारले skilled migration बाट अष्ट्रेलियाली कामदारहरूको तलब र रोजगारीमा असर नपरोस् भन्ने उद्देश्यले हरेक वर्ष आय सीमा अद्यावधिक गर्दै आएको छ। यसले अष्ट्रेलियाली कामदारहरूसँग समान दरमा तलब वृद्धिको सुनिश्चितता दिन्छ।

मुख्य परिवर्तनहरू यस प्रकार छन्:
1.कोर स्किल्स आम्दानी सीमा (Core Skills Income Threshold – CSIT): हालको AUD 73,150 बाट बढेर AUD 76,515 हुनेछ। यस परिवर्तनले Skills in Demand visa (subclass 482) अन्तर्गतको Core Skills stream र Employer Nomination Scheme visa (subclass 186) मा असर पार्नेछ।

2.विशेषज्ञ सीप आम्दानी सीमा (Specialist Skills Income Threshold – SSIT): हालको AUD 135,000 बाट बढेर AUD 141,210 पुग्नेछ। यसले Skills in Demand visa (subclass 482) अन्तर्गतको Specialist Skills stream मा प्रभाव पार्नेछ।

3.अस्थायी सीपयुक्त आप्रवासन आम्दानी सीमा (Temporary Skilled Migration Income Threshold -TSMIT): हालको AUD 73,150 बाट बढाएर AUD 76,515 बनाइनेछ। यो Skilled Employer Sponsored Regional visa (subclass 494) र Regional Sponsored Migration Scheme (subclass 187) का लागि लागू हुनेछ । यो परिवर्तन १ जुलाई 2025 अघि भिसा लिईसकेका आवेदकहरू र त्यसअघि दर्ता गरिएका नामांकनहरू मा लागू हुने छैन।

यी परिवर्तनहरू सन् 2025 जुलाई 1 देखि लागू हुनेछन्। नयाँ नामांकन आवेदनहरूमा नयाँ आम्दानी सीमा वा वार्षिक बजार तलब दर जुन उच्च छ त्यो लागू हुनेछ। यस परिवर्तनले अस्ट्रेलियामा काम गर्न चाहने विदेशी कामदारहरूको तलब दरमा प्रत्यक्ष असर पार्नेछ र सम्बन्धित भिसा वर्गहरूमा आवेदन दिने प्रक्रिया पनि प्रभावित हुने भएको छ।