२०८२ चैत ८ आइतबार

सिड्नीमा नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माद्वारा प्रेस स्वतन्त्रता माथिको आक्रमणको विरोध

  • admin २०८१ चैत २९ शनिवार

सिड्नी – अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा) ले सिड्नीमा आयोजना गरेको एक कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अघ्यक्ष निर्मला शर्मालाई बधाई तथा सम्मान गरेको छ ।

एन्जाले आयोजना गरेको ‘स्वागत तथा सम्मान’ कार्यक्रममा बोल्दै महासङ्घका अध्यक्ष शर्माले काठमाडौंको तीनकुनेमा पत्रकारमाथि भएको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै महासंघ आन्दोलनरत रहेको जानकारी दिइन्। अध्यक्ष शर्माले विचारधारा वा राजनीतिक व्यवस्थाको नाममा सञ्चारमाध्यम र पत्रकारमाथि गरिने कुनै पनि प्रकारको आक्रमण स्वीकार्य नहुने स्पष्ट पार्दै प्रेस स्वतन्त्रता लोकतान्त्रिक शासनमा मात्र सुनिश्चित हुने बताएकी छन्।

कार्यक्रममा अस्ट्रेलियामा रहेका नेपाली पत्रकारहरूको संस्था एन्जाले महासङ्घको सहकार्यलाई निरन्तरता दिँदै थप सहकार्य गर्न सक्ने विषयमा छलफल गरेको थियो ।

कार्यक्रम एन्जाका अध्यक्ष कृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा गोरखापत्र संस्थानका प्रधानसम्पादक शिव भट्टराई, बोर्ड अफ डाइरेक्टर सचिन पोखरेल, देशान्तर पब्लिकेशनका अध्यक्ष केबी राणा, एभिन्यूज टेलिभिजनका कानुनी सल्लाहकार गणेश केसी, एन्जाका संस्थापक अध्यक्ष हेमन्त काफ्ले, सल्लाहकार डिल्ली आचार्य, डा. राजु मानन्धर, कानुनी सल्लाहकार सम्शेरसिंह थापा लगायतले पत्रकारिता क्षेत्रमा देखा परेका चुनौतीहरू र प्रवासमा सञ्चालित सामुदायिक पत्रकारिताको भूमिकामाथि आफ्ना विचार व्यक्त गरेका थिए।