२०८२ चैत ८ आइतबार

दक्षिण अष्ट्रेलियामा नयाँ सडक नियम: बिग्रिएको सवारी नजिक २५ किमी/घन्टा गतिमा मात्र गुड्न पाइने

  • admin २०८२ जेठ ७ मङ्गलबार

एडिलेड – दक्षिण अष्ट्रेलियामा १९ मे २०२५ देखि लागू भएको नयाँ सडक नियमअनुसार, अबबाट कुनै पनि चालकले सडकको छेउमा बिग्रिएर रोकेको वा सेवा दिइरहेको सवारी (जसले एम्बर लाइट झिम्काइरहेको हुन्छ) नजिक पुग्दा २५ किमी/घन्टाको गतिमा मात्रै सवारी चलाउनुपर्नेछ।

यो नियम multi-lane सडकहरूमा लागू हुन्छ र सबै लेनमा गुड्ने सवारीहरूले रोडसाइडमा रहेको सेवा सवारी पार गर्दा गति घटाउन अनिवार्य हुनेछ।
तर, सडकको अर्को दिशामा (opposite lane) यात्रा गरिरहेका सवारीहरूलाई भने यो नियम लागू हुने छैन।

नियम उल्लंघन गर्नेलाई $202 बाट सुरु हुने जरिवाना र 2 डिमेरिट अंकदेखि लिएर, $1,684 सम्मको जरिवाना र 7 डिमेरिट अंकसम्मको कारवाही हुन सक्छ – यो सवारीले तोकिएको गति सीमा भन्दा कति बढी गतिमा गयो भन्ने कुरामा भर पर्छ।

नियमको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक सचेतना अभियान पनि सुरु गरिएको छ। ड्राइभरहरूलाई नयाँ नियमबारे जानकारी दिन, चेतावनी संकेत राख्ने, र सञ्चार माध्यमहरूबाट जानकारी फैलाउने कार्य भइरहेको छ।

दक्षिण अष्ट्रेलियाली सरकारले यो नियम लागू गर्नुको उद्देश्य सेवा दिने सवारी चालक तथा मेकानिकहरूको सुरक्षालाई सुनिश्चित गर्नु हो। पछिल्लो समय roadside assistance दिइरहेका व्यक्तिहरू दुर्घटनामा परेका घटनाहरू बढ्दै गएको सन्दर्भमा यो नियम ल्याइएको बताइएको छ।

सार्वजनिक सचेतना अभियान पनि सुरु गरिएको छ, जसमा चालकहरूलाई यो नियमबारे जानकारी दिन र सावधानी अपनाउन आग्रह गरिएको छ।