२०८२ चैत ८ आइतबार

दुश्मन हेरेको हेरै’ कन्सर्ट:दुर्गेश र आस्था ब्याण्डले एडिलेडमा भव्य प्रस्तुति दिने

  • admin २०८२ असार २० शुक्रबार

एडिलेड,अष्ट्रेलिया – नेपाली सांगीतिक आकाशमा छुट्टै पहिचान बनाएका लोकप्रिय गायक दुर्गेश थापा र चर्चित आस्था ब्याण्ड (नरन लिम्बु र सुदीप गुरुङ) को भव्य प्रस्तुति अब एडिलेडमा हुने भएको छ। “दुश्मन हेरेंको हेरै” शीर्षकमा आयोजना गरिने यो कन्सर्ट २०२५ अगस्ट ८ तारिखका दिन वुडभिल टाउन हल (Woodville Town Hall) मा सम्पन्न हुनेछ।

नेपाली गीत–संगीतप्रेमीहरूका लागि अत्यन्तै प्रतीक्षित मानिएको यो कार्यक्रम अष्ट्रेलिया टुर २०२५ अन्तर्गतको एक विशेष प्रस्तुति हो, जसमा दुर्गेश थापाका चर्चित उर्जाशील गीतहरूसँगै आस्था ब्याण्डका मन छुने आधुनिक र मेलोडियस प्रस्तुतिहरूको संगम हुनेछ। नेपाली सांगीतिक र सांस्कृतिक माहोललाई प्रवासमा पुनर्जीवित गराउने उद्देश्यसहित आयोजना गरिएको यो सांगीतिक साँझलाई अष्ट्रेलियाको नेपाली समुदायले विशेष उत्साहका साथ स्वागत गरिरहेको छ।

 

कार्यक्रमको प्रमुख प्रायोजकको रूपमा Heubert Academy रहेको छ, जसले प्रशिक्षण, रोजगारी र परामर्शका क्षेत्रमा अष्ट्रेलियामा सक्रिय योगदान पुर्‍याउँदै आएको छ। कार्यक्रमको आयोजना brizROCKS, NepZ Brisbane, र SK Events को सहकार्यमा गरिएको हो भने दृश्य–सर्जनात्मक पक्ष Elite Pixel ले सम्हाल्नेछ। Tixort टिकटिङ पार्टनरको रूपमा आबद्ध रहेको छ।

‘दुश्मन हेरेंको हेरै’ शीर्षकमा आधारित यो टुर दुर्गेश थापाको चर्चित गीतको नामसँग जोडिएको छ, जुन पछिल्लो समय युवावर्गको मन जित्न सफल भएको छ। आस्था ब्याण्डको साथमा गरिएको प्रस्तुति यसलाई अझ गहिरो र सशक्त बनाउन सहयोगी हुने विश्वास गरिएको छ। कार्यक्रमको टिकट बिक्री सुरु भइसकेको छ र https://tixort.au/event/durgesh-thapa-dushman-hereko-herai-live-in-adelaide मा उपलब्ध छ।

एडिलेडको नेपाली समुदायका लागि यो कार्यक्रम केवल मनोरञ्जन मात्र नभएर संस्कृति, संगीत र आत्मीयताको पर्व बन्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्। घरदेशबाट टाढा रहे पनि गीत–संगीतमार्फत आफ्नोपन र भावनात्मक सम्बन्धलाई बलियो बनाउने अवसर यो कार्यक्रमले दिनेछ। कलाकारहरू पनि अष्ट्रेलियाली दर्शकसँग प्रत्यक्ष भेट र जोशपूर्ण प्रस्तुति दिन उत्साहित छन्।

‘दुश्मन हेरेंको हेरै’ लाईभ कन्सर्ट एडिलेडको सांगीतिक इतिहासमा अर्को अविस्मरणीय क्षण बनोस् भन्ने शुभकामनासहित, आयोजकहरू कार्यक्रमलाई उच्च स्तरमा सम्पन्न गर्ने तयारीमा जुटिरहेको एसके इभेन्टका निर्देशक कमल थापा मगरले बताउनुभयो। मगरले टिकट रिलिज भइसकेकाले समयमै टिकट लिई आफ्नो सिट सुरक्षित गर्न समेत आग्रह गर्नुभएको छ।