पर्थ,अष्ट्रेलिया — वेस्टर्न अष्ट्रेलियामा क्रियाशील प्रमुख सामाजिक संस्था नेपाली एसोसिएसन अफ वेस्टर्न अष्ट्रेलिया (NAWA) को अध्यक्ष पदमा नवीन भण्डारी निर्वाचित भएका छन्। जुलाई ६ मा सम्पन्न निर्वाचनबाट आगामी दुई वर्षे कार्यकाल (२०२५–२०२७) का लागि नयाँ नेतृत्व चयन गरिएको हो।

नयाँ कार्यसमिति संयोजन अनुभव, युवा ऊर्जा र विविध पृष्ठभूमिका प्रतिनिधित्वको मिश्रणमा आधारित देखिन्छ। निर्वाचित अध्यक्ष भण्डारीले संस्थालाई अझ सशक्त, समावेशी र समुदायमुखी बनाउने अठोट व्यक्त गरेका छन्।
कार्यसमितिको नयाँ संरचना:
• अध्यक्ष: नवीन भण्डारी
• उपाध्यक्ष: सुनिता लामा तामाङ
• महासचिव: विजय कुमार शाह
• सचिव: समुन्द्र राज पुरी
• कोषाध्यक्ष: मनोज खरेल
• सह–कोषाध्यक्ष: अनुप पौडेल
निर्वाचित सदस्यहरू:
• सीता राम पन्त
• राजेन्द्र सापकोटा
• डा. संगिता विष्ट
• विकेश श्रेष्ठ
• सुरज न्यौपाने (सन्नी)
• आयमी थापा
• कर्म लामा
• बिष्णु बराल
नव निर्वाचित अध्यक्ष भण्डारीले निर्वाचनपछिको प्रतिक्रिया दिँदै भने, “NAWA लाई नेपाली समुदायको साझा प्लेटफर्मका रूपमा अझ सशक्त बनाउनेछौँ। शिक्षा, सांस्कृतिक गतिविधि, आपत्कालीन सहायता र नयाँ पुस्ताको सहभागितामा प्राथमिकता दिनेछौँ।”समावेशी नेतृत्व र सहभागी शैलीमार्फत संस्था सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै नयाँ कार्यसमितिले समुदायसँग सहकार्यमा रहेर नेपाली पहिचान, सहयोग र एकताको भावना प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
स्थापना कालदेखि नै वेस्टर्न अष्ट्रेलियामा रहेका नेपालीहरूलाई एकताबद्ध गर्दै आएको NAWA ले विविध सामाजिक, सांस्कृतिक, खेलकुद तथा मानवीय गतिविधिहरू सञ्चालन गर्दै आएको छ। नयाँ नेतृत्वसँगै संस्था अझ गतिशील र समावेशी हुने अपेक्षा गरिएको छ।

तपाइँको प्रतिक्रीया