पर्थ, वेस्टर्न अष्ट्रेलिया — धार्मिक, सांस्कृतिक तथा सामाजिक रूपले सक्रिय संस्था पशुपतिनाथ बौद्धनाथ वेस्टर्न अष्ट्रेलियामा राजेश बुढाथोकीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। हालै सम्पन्न निर्वाचनबाट आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिएको हो।

अध्यक्ष पदमा निर्वाचित भएका राजेश बुढाथोकीले मन्दिर निर्माण अभियानलाई प्रमुख प्राथमिकता दिँदै कार्यकालभरि संस्थागत संरचना मजबुत पार्ने, आजिवन सदस्यता अभिवृद्धि गर्ने र सरकारी तहमा अनुदान प्राप्तिका लागि पहल गर्ने योजना सार्वजनिक गरेका छन्। उनले भने, “मेरो कार्यकालमा मन्दिरको जग मात्र भए पनि हाल्न सके, आफूलाई सफल ठान्नेछु।”
नयाँ कार्यसमिति:
• अध्यक्ष: राजेश बुढाथोकी
• उपाध्यक्ष: केदार रिजाल
• कोषाध्यक्ष: प्रकाश थपलिया
• सहसचिव: शान्ती भन्डारी
• सदस्यहरू:
• चुडामणि लामिछाने
• राज थपलिया
• भरत अर्याल
• बैकुण्ठ दुलाल
• राजिब श्रेष्ठ
• मिम सुब्बा गुरुङ
• विध्या शर्मा
• भरत निउरे
• देब अर्याल
• दिनेश तुलाधर
यस कार्यसमितिमा विविध अनुभव र पृष्ठभूमिका प्रतिनिधित्व गरिएको छ, जसले संस्था समावेशी रूपमा अगाडि बढ्ने संकेत दिएको छ। नयाँ नेतृत्वले संस्थाको धार्मिक, सामाजिक तथा सांस्कृतिक अभियानलाई थप व्यवस्थित र दिगो बनाउने अठोट व्यक्त गरेको छ।
समुदायभित्र धार्मिक आस्था, एकता र पहिचान जोगाउने उद्देश्यसहित स्थापना गरिएको यस संस्थाले स्थायी मन्दिर निर्माणको दीर्घकालीन सपना साकार पार्ने दिशामा ठोस कदम चाल्ने अपेक्षा गरिएको छ।
संस्थाले आगामी दिनमा सांस्कृतिक कार्यक्रम, धार्मिक पर्वको आयोजना, युवा सहभागिता र सहयोग कार्यक्रमहरूमार्फत समुदायलाई अझ नजिक ल्याउने योजना बनाएको छ।

तपाइँको प्रतिक्रीया