२०८२ चैत ८ आइतबार

रत्ना गौतमद्वारा एनआरएनए अष्ट्रेलियाको राष्ट्रिय महिला संयोजक पदमा उम्मेदवारी घोषणा

  • admin २०८२ असार २४ मङ्गलबार

अष्ट्रेलिया– अष्ट्रेलियामा १५ वर्षभन्दा बढी समयदेखि नेपाली समुदायको सेवा गर्दै आएकी समाजसेवी रत्ना गौतमले आगामी कार्यकालका लागि गैर-आवासीय नेपाली संघ (NRNA) अष्ट्रेलिया अन्तर्गत National Women Coordinator पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

हाल Deputy Women Coordinator को जिम्मेवारी सम्हालिरहनुभएकी गौतमले विगतमा विभिन्न सामाजिक, सांस्कृतिक र महिलासम्बन्धी कार्यक्रमहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको छ। विशेषगरी महिलाहरूको सशक्तीकरण, स्वास्थ्य, शिक्षा तथा नेतृत्व विकासमा केन्द्रित पहलमार्फत उहाँले नेपाली महिलालाई आत्मनिर्भर र जागरूक बनाउने काम गर्दै आउनुभएको छ।

गौतमले नेपाली संस्कृति र पहिचानको संरक्षणमा पनि उल्लेखनीय योगदान पुर्‍याउँदै अष्ट्रेलियामा रहेका नेपाली महिलाहरूलाई एकजुट पार्ने कार्यमा निरन्तर क्रियाशील भूमिका खेलेकी छिन्।

“अब राष्ट्रिय महिला संयोजकको हैसियतले महिलाको आवाज बुलन्द पार्दै, उनीहरूलाई नेतृत्वमा अगाडि ल्याउने र विश्वभरका नेपाली महिलाबीच सहकार्य, सहानुभूति र सशक्तीकरणको सञ्जाल निर्माण गर्ने मेरो उद्देश्य छ,” गौतमले भनिन्।

उहाँको उम्मेदवारीसँगै प्रवासी नेपाली महिला सशक्तीकरणको अभियानलाई अझ व्यापक र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।