एडिलेड / नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व तीजको अवसरमा एडिलेडमा आगामी १४ अगस्ट, बिहीबार भव्य ‘तीज मेला २०२५’ आयोजना हुने भएको छ। 3KB इभेन्ट्सको मुख्य आयोजनामा हुने यस कार्यक्रममा नेपालका चर्चित कलाकारहरूले आफ्नो कला, गीत र सङ्गीतमार्फत दर्शकलाई मन्त्रमुग्ध बनाउनेछन्।

कार्यक्रममा लोक तथा आधुनिक शैलीका चर्चित गायक–संगीतकार श्याम राना मगर, लोकप्रिय लोकदोहोरी गायक खुमन अधिकारी, सुमधुर आवाजकी गायिका शान्ता रानी परियार र मनमोहक प्रस्तुति दिने गायिका प्रीति आले मगर सहभागी हुनेछन्। उनीहरूले आफ्नो चर्चित गीतहरू प्रस्तुत गर्दै एडिलेडमा तीजको माहोललाई झन् रंगीन बनाउनेछन्।
Everest Event Centre मा बेलुकी ५:३० बजेबाट सुरु हुने यो कार्यक्रममा निःशुल्क प्रवेश व्यवस्था गरिएको छ। 3KB इभेन्ट्सका निर्देशक खुम घलेले एडिलेड र आसपास बसोबास गर्ने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई परिवारसहित उपस्थित भई नेपाली संस्कृति र परम्पराको यस भव्य उत्सवमा सहभागी हुन हार्दिक निमन्त्रणा गर्नुभएको छ।
आयोजकका अनुसार, ‘तीज मेला’ नेपाली संस्कृति, परम्परा र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने माध्यम मात्र नभई, समुदायबीच आपसी भेटघाट, मेलमिलाप र सांगीतिक रमाइलोको अनमोल अवसर पनि हुनेछ।


तपाइँको प्रतिक्रीया