२०८२ चैत १० मङ्गलबार

रुपन्देही-२ मा एमालेबाट विष्णु पौडेल एकल सिफारिस

  • admin २०८२ पौष २० आइतबार

काठमाडौं । ललितपुरमा ओली–प्रचण्ड भेटवार्ता, चुनावी माहोल नबनेको निष्कर्षनेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेल रुपन्देही क्षेत्र नं २ बाट आगामी प्रतिनिधि सभाका लागि एकल उम्मेदार सिफारिस भएका छन् ।

एमाले रुपन्देही २ का क्षेत्रीय सहसंयोजक राजेन्द्र ढकालले, कमिटीको बैठकले पार्टी केन्द्रीय उपाध्यक्ष, पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नाम एकल रुपमा सिफारिस गरिएको बताएका छन ।

पौडेल यो क्षेत्रबाट २०५६ सालदेखि निरन्तर उम्मेदार रहेका छन् भने २०६४ देखि निरन्तर जित्दै आएका छन् ।

पटक पटक मन्त्री, अर्थमन्त्री तथा उपप्रधानमन्त्री भइसकेकाले यो क्षेत्रको विकासका लागि एकल रुपमा पठाउने बैठकमा सहभागी सबैको चाहना भएपछि सर्वसम्मत निर्णय भएको ढकालले जनाएका छन् ।