२०८२ चैत १० मङ्गलबार

एमालेबाट प्रतिनिधिसभा उम्मेदवारका लागि अहिलेसम्म को को भए एकल सिफारिस ?

  • admin २०८२ पौष २० आइतबार

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि सम्भावित उम्मेदवार सिफारिस गर्न निर्वाचन क्षेत्रीय कमिटीहरूलाई पुस २० सम्मको समय दिएकोमा धेरै क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस भएको छ । कतिपय कमिटीहरूमा छलफल जारी छ ।

केही जिल्लामा उम्मेदवारका आकांक्षीहरूबीच कमिटीमा मतदान समेत भएका छन् । एक महिलासहित ३ जनाको नाम सिफारिस गर्न भनेकोमा धेरै क्षेत्रबाट सबै आकांक्षीको नाम प्रदेशमा पठाइएको छ । कतिपय क्षेत्रबाट भने एकजनाको नाममात्र सिफारिस गरिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न निर्वाचन क्षेत्रबाट एकल नाम सिफारिस भएका हुन् । धेरैजसो क्षेत्रबाट सिफारिसको क्रम चलिरहेको छ ।

यी हुन् एकल सिफारिस भएका उम्मेदवारः

कोशी
१. केपी शर्मा ओली, झापा ५

२.सुहाङ नेम्वाङ, इलाम २

मधेश
१. लीलानाथ श्रेष्ठ, सिरहा ३

२. लक्ष्मी महतो कोइरी, महोत्तरी १

३. हरि उप्रेती, सर्लाही ३

४. अजय गुप्ता, रौतहट १

बागमती
१. बद्री मैनाली, नुवाकोट १

२.मणिराम फुयाल, काठमाडौं २ (प्रस्ताव)

गण्डकी
१. तिलक महत, नवलपुर २

२.मिलन गुरुङ, गोरखा २

लुम्बिनी
१. प्रदीप ज्ञवाली, गुल्मी १

२. सूर्य ढकाल, बाँके १

३. दलबहादुर सुनार, बाँके ३

४. विश्राम चौधरी, कपिलवस्तु १

कर्णाली
१. ध्रुव शाही, सुर्खेत १

२. कलाधर देवकोटा, सुर्खेत २

३. गुलाबजंग शाह, सल्यान

सुदूरपश्चिम
१.लेखराज भट्ट, कैलाली ४