२०८२ चैत ८ आइतबार

पार्टीभित्र महामन्त्रीको मानमर्दन इतिहासमै पहिलो पटक : गगन थापा

  • admin २०८२ पौष २३ बुधबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियसभामा एमालेसँग भएको तालमेल स्वामित्व आफूहरूले नमिले बताएका छन् ।

कार्यसम्पादन समिति बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी बैठकमा छलफल नै नगरी तालमेलको निर्णय गराइएको भन्दै आपत्ति जनाए ।

उम्मेदवारी छनोटको विषयमा पनि उनले विमति जनाए । उनले उम्मेदवारी छनोट गर्न बैठक बस्नुभन्दा अघि नै उम्मेदवारहरू मनोनयन पत्र बोकेर दर्ता गर्न गइसकेको बताए ।

उनले भने, ‘महामन्त्रीहरूलाई हेप्ने, पेल्ने त चलिरहेको छ । यसबारे हाम्रो प्रतिक्रिया होला । संसदीय बोर्ड, केन्द्रीय समितिलाई समेत हेपियो, यो भन्दा अगाडि यस्तो हुँदैनथ्यो । योजस्तो मानमर्दन यसअघि हुँदैनथ्यो ।’

उनले उम्मेदवार छनोट प्रक्रियामा आफूले फरक मत राखेको बताए ।