२०८२ माघ २८ मङ्गलबार

एकैदिन तोलामा १० हजार ४ सय बढ्यो सुनको भाउ, कति पुग्यो?

  • admin २०८२ माघ ८ बुधबार

काठमाडौं । सुनको मूल्य आज एकैदिनमा १० हजार चारसय रुपैयाँ बढेको छ।

बुधबार सुनको मूल्य दुई लाख ९५ हजार एकसय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य आजसम्मकै सबैभन्दा महँगो हो।

गएको आइतबारदेखि निरन्तर बढ्दै आएको सुनको भाउ आज उच्च दरमा वृद्धि भएको हो।

हिजो तोलामा दुई हजार सातसय रुपैयाँ बढेर सुनको भाउ दुई लाख ८४ हजार सातसय पुगेको थियो।

गएको सोमबार सुनको मूल्य तोलामा ४२ सय र आइतबार ६ सय रुपैयाँ बढेको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ४० रुपैयाँ बढेर चाँदीको भाउ आज पाँच हजार नौसय २० रुपैयाँ पुगेको छ। चाँदीको यो मूल्य पनि हालसम्मकै सबैभन्दा महँगो हो।