२०८२ चैत १ आइतबार

एडिलेडमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि निःशुल्क सीप तालिम ,रोजगारीतर्फ अघि बढ्ने सुनौलो अवसर

  • admin २०८२ माघ २४ शुक्रबार

एडिलेड, अष्ट्रेलिया – अष्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई आत्मनिर्भर, सक्षम र रोजगारीका लागि प्रतिस्पर्धी बनाउने उद्देश्यसहित Job Seekers Support Program अन्तर्गत निःशुल्क छोटो अवधिका सीप तालिम कार्यक्रम सुरु हुने भएको छ। Training Helps को आयोजनामा सञ्चालन हुने यो कार्यक्रम १ मार्च २०२६ देखि सुरु हुँदैछ।

आयोजक संस्थाका अनुसार, धेरै अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा काम गर्ने इच्छा, क्षमता र मेहनत हुँदाहुँदै पनि अष्ट्रेलियाली कार्यस्थलको अनुभव, आवश्यक प्रमाणपत्र र व्यवहारिक तालिमको अभावका कारण रोजगारी पाउन कठिनाइ भइरहेको अवस्था छ। यही वास्तविकतालाई सम्बोधन गर्दै, विद्यार्थीहरूलाई काम पाउने आत्मविश्वास, आवश्यक सीप र स्पष्ट करियर मार्ग प्रदान गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो।

Training Helps का निर्देशक हेम श्रेष्ठले अन्तर्राष्ट्रिय विद्यार्थीहरू समाज र अर्थतन्त्रका लागि महत्वपूर्ण योगदानकर्ता भएको उल्लेख गर्दै भने, “हामी चाहन्छौं विद्यार्थीहरू पढाइसँगै सम्मानजनक रोजगारीमा प्रवेश गर्न सकून्। यस कार्यक्रममार्फत उनीहरूलाई केवल प्रमाणपत्र मात्र होइन, वास्तविक कार्यस्थलमा चाहिने व्यवहारिक सीप, आत्मविश्वास र रोजगारीतर्फ अघि बढ्ने स्पष्ट दिशा प्रदान गरिन्छ। यो तालिम धेरैका लागि जीवन परिवर्तन गर्ने अवसर बन्न सक्छ।”

कार्यक्रमअन्तर्गत सरसफाइ सेवा, कफी तयारी, मदिरा सेवा अनुमति प्रमाणपत्र (आरएसए) तथा खाद्य सुरक्षासम्बन्धी तालिमहरू प्रदान गरिनेछन्, जुन क्याफे, रेस्टुरेन्ट, बार, सरसफाइ तथा हस्पिटालिटी क्षेत्रमा रोजगारी पाउन अत्यन्त उपयोगी मानिन्छन्। यी तालिमहरूले विद्यार्थीहरूलाई अष्ट्रेलियाली कार्यसंस्कृतिसँग घुलमिल हुन, कार्यस्थलको अपेक्षा बुझ्न र आत्मविश्वासका साथ काम खोज्न सहयोग गर्ने विश्वास गरिएको छ।

आयोजकका अनुसार, यो कार्यक्रम विशेषगरी नयाँ आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरू, कामको अनुभव कम भएकाहरू तथा अंशकालीन रोजगारी खोजिरहेका विद्यार्थीहरूका लागि अत्यन्त लाभदायक हुनेछ। सीमित सिट भएकाले इच्छुक विद्यार्थीहरूलाई समयमै दर्ता गर्न अनुरोध गरिएको छ।

थप जानकारी तथा दर्ताका लागि:
📧 hemadelaide@gmail.com
📧 admin@adelaidenepal.org.au
📧 adelaidemnepali@gmail.com

https://docs.google.com/forms/d/e/1FAIpQLSdGJUeznGWDHv62LWNuf0JaRuG-4Rhoo0kd4CexwqT1DJYdUw/viewform?pli=1