२०८२ चैत १ आइतबार

पर्थमा हृदयविदारक दुर्घटना: नेपालबाट परिवार भेट्न आएकी आमा बिष्णु कुमारी गुरुङको निधन

  • admin २०८२ माघ २६ आइतबार

अस्ट्रेलिया,पर्थ — अस्ट्रेलियाको पर्थ सहरमा भएको एक अत्यन्तै हृदयविदारक दुर्घटनामा नेपालबाट पारिवारिक भ्रमणमा आएकी नेपाली महिला विष्णु कुमारी गुरुङको दुःखद निधन भएपछि परिवार, नेपाली समुदाय तथा विभिन्न संघसंस्थाहरू शोकमा डुबेका छन्।

पर्थको रिभरभेल (Rivervale) क्षेत्रमा शुक्रबार राति करिब ११:४० बजे अनियन्त्रित कार एक आवासीय घरभित्र पस्दा शयनकक्षमै सुतिरहेकी ५३ वर्षीया गुरुङ कारको चपेटामा परेकी थिइन्। आपतकालीन सेवाको प्रयासपछि पनि उनलाई घटनास्थलमै मृत घोषणा गरिएको पश्चिमी अस्ट्रेलियाली प्रहरीले जनाएको छ। घटनामा संलग्न ३६ वर्षीय चालकलाई प्रहरीले पक्राउ गरी मानवहत्यासम्बन्धी अभियोग (manslaughter) तथा सम्पत्ति क्षतिको मुद्दा दर्ता गरेको छ। अदालतले उनलाई धरौटी अस्वीकार गरेको छ।

यस दुःखद घटनापछि एनआरएनए वेस्टर्न अस्ट्रेलियाका सचिव ईश्वर अधिकारीले मृतक परिवारसँग प्रत्यक्ष सम्पर्क र समन्वय भइरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार एनआरएनए अस्ट्रेलियाबाट पनि पीडित परिवारलाई छिट्टै आर्थिक सहयोग उपलब्ध गराइने तयारी भइरहेको छ।

पारिवारिक स्रोतका अनुसार विष्णु कुमारी गुरुङको अन्त्येष्टि अस्ट्रेलियामै गरिने निर्णय गरिएको छ। उहाँ हाल पर्थमा छोरी–ज्वाइँसँग बस्दै आउनुभएको थियो भने नेपालमा रहेका छोरा–बुहारीको अस्ट्रेलिया आगमनका लागि भिसा प्रक्रिया अघि बढाइएको सचिव अधिकारीले जानकारी दिनुभयो।

अचानक घटेको यस पीडादायी घटनाले परिवार मात्र होइन, सम्पूर्ण नेपाली समुदायलाई गहिरो शोकमा डुबाएको छ। विभिन्न संघसंस्थाहरू, सामाजिक अभियन्ता तथा समुदायका सदस्यहरूले समवेदना व्यक्त गर्दै सहयोग अभियानमा ऐक्यबद्धता जनाइरहेका छन्।

अन्त्येष्टि खर्च तथा परिवारलाई परेको गहिरो भावनात्मक, मानसिक र आर्थिक भार कम गर्न GoFundMe अभियान सुरु गरिएको छ। मृतकका परिवारले सिर्जना गुरुङको नाममा GoFundMe अभियान सुरु गरिएको हो ,सबैले यो दुःखद घडीमा तलको लिङ्कमा गई सकेको सहयोग गरिदिनुहोला । हार्दिक श्रद्धाञ्जली आमा

https://www.gofundme.com/f/bishnu-kumari-gurung-himali/cl/s?utm_campaign=fp_sharesheet&utm_medium=customer&utm_source=copy_link&lang=en_GB