२०८२ फागुन ३ आइतबार

नेपालको चुनावी परिणाम पनि बंगलादेशको जस्तै हुन्छ : ओली

  • admin २०८२ फागुन ३ आइतबार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बंगलादेशको निर्वाचनमा जे भयो नेपालमा पनि त्यही हुने बताएका छन् । उनले बंगलादेशको निर्वाचनका विजेतालाई बधाई तथा शुभकामना पनि दिए ।

काठमाडौंबाट आज आफ्नो निर्वाचन क्षेत्र झापा ५ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले नेपालको निर्वाचन परिणाम पनि बंगलादेशकै जस्तो हुने बताए । सामाजिक सञ्जालमा पपुलर व्यक्तिहरू पराजित भएको र आन्दोलनपछि उदायको दल कम सीटमा खुम्चिएको बारे पत्रकारले जिज्ञासा राखेका थिए ।

ओलीले अझै पनि चुनावका लागि ढुक्कको वातावरण बनि नसकेको दोहोर्‍याए । पार्टी चुनावको तयारीमा लागि रहेको तर ढुक्कको वातावरण बनिनसकेको उनको भनाइ थियो ।

यसअघि अध्यक्ष ओलीले झापा-५ का कमल, गौरादह तथा गौरीगञ्जमा मतदातासँग भेटेका थिए । यसपटक दमक केन्द्रित हुने बताइएको छ । अधिकांश मतदातासँग प्रत्यक्ष भेट्ने चाहना भएको उनले सुनाए ।