२०८२ फागुन ४ सोमबार

काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी

  • admin २०८२ फागुन ४ सोमबार

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन शाहले काठमाडौंमा महानगरपालिकामा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको दाबी गरेका छन्।

काठमाडौंका पूर्व मेयर रहेका शाहले महानगरको नेतृत्व गर्नु र प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा नभएको जिकिर गरे।

झापा ५ का मतदातासँगको संवादमा शाहले काठमाडौंको फोहोर व्यवस्थापनमा समेत अन्तर्राष्ट्रिय चलखेल भएको बताए। मतदाताले छलफलका राष्ट्रिय सरका बनाउँदा अन्तर्राष्ट्रिय चलखेल हुनसक्छ तपाईँको योजना के छ? भन्दै सोधे।

जवाफमा बोलनले महानगरको मेयर हुनु र प्रधानमन्त्री हुनुमा कुनै कमी नहुने तर्क गरे। उनले भने, ‘अन्तर्राष्ट्रिय चलखेल महानगरमा कुन हदसम्मको थियो भनेर तपाईँले कल्पना पनि गर्न सक्नुहुन्न।’

ती मतदाताले म अन्तर्राष्ट्रिय चलखेलसँग झुक्दिनँ भनेर नेपाली जनतासँग भन्न सक्नुहुन्छ ? भन्दै प्रतिप्रश्न सोध्छन्।

जवाफमा बालेनले भने, यहाँ हामी सबै नेपाली जनता नै छौँ नि, उदाहरणको लागि काठमाडौंको फोहोर व्यवस्थापनसमेत चलखेल हुन्थ्यो। त्यसैले प्रधानमन्त्री हुनुभन्दा कम चुनौतीको कुरा होइन।’

उनले आफूले काठमाडौंमा सुकुम्वासी बस्तीमा डोजर नचलाएको बाढीबाट विस्थापित हुने भएकाले हटाएको जिकिर गरे। उनले आफूले चुनाव जितेपछि झापा ५ का सुकुम्बासीहरूलाई धनीपूर्जा दिलाएरै छाड्ने प्रतिबद्धता जाहेर गरे।