काठमाडौं । भोजपुरमा नेपाली सेनाको बस दुर्घटना भएको छ । निर्वाचन सुरक्षार्थ बेस क्याम्प स्थापनाका लागि टेम्केमैयुङ गएको श्रीनाथ गणको टोली सवार ना. ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका-४ दावाँस्थित सेती बगरमा दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा २४ जना घाइते भएका छन् । एक जमदार र सैनिक कर्मचारी गरी २ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी राजु लामाले जानकारी दिए । उनका अनुसार बसमा जम्मा २६ जना सवार थिए ।
दुर्घटनामा ९ जना जति गम्भीर घाइते भएको उनले बताए । उनीहरूलाई थप उपचारका लागि काठमाडौं लैजान २ वटा हेलिकप्टर मगाइएको छ । बाँकीको अवस्था सामान्य रहेको र भोजपुर अस्पतालमा उपचार भइरहेको छ ।
उक्त बस सडकबाट ५ सय मिटर तल खसेको थियो ।

तपाइँको प्रतिक्रीया