२०८२ फागुन १० आइतबार

सांगीतिक उत्सवको तयारी -जेम्सीसहित दीपक बज्राचार्यको भव्य कन्सर्ट हुँदै

  • admin २०८२ फागुन ९ शनिवार

एडिलेड — नेपाली संगीतप्रेमीका लागि बहुप्रतीक्षित सांगीतिक साँझ नजिकिँदैछ । नेपालका चर्चित रक गायक दीपक बज्राचार्य आफ्नो लोकप्रिय ‘रिदम ब्याण्ड’सहित आगामी १८ मार्च (बुधबार) एडिलेडमा लाइभ प्रस्तुति दिन आउने भएका छन्। कार्यक्रममा पोखराका उदाउँदा र्‍याप कलाकार जेम्सी पनि विशेष आकर्षणका रूपमा प्रस्तुत हुनेछन् ।  कार्यक्रम साँझ ५:३० बजेदेखि Everest Function Centre मा सञ्चालन हुनेछ ।

दीपक बज्राचार्य नेपाली आधुनिक रक संगीतका अग्रणी हस्ती मानिन्छन्। तीन दशकभन्दा बढी समयदेखि संगीत यात्रामा सक्रिय उनले थुप्रै कालजयी गीतमार्फत दर्शक–श्रोताको मन जित्दै आएका छन्। सशक्त स्वर, मौलिक शैली र ऊर्जाशील स्टेज प्रस्तुति उनका पहिचान हुन्। ‘रिदम ब्याण्ड’सँगको उनको समन्वयले लाइभ कन्सर्टलाई विशेष उचाइमा पुर्‍याउने गरेको छ, जहाँ रक, पप र समसामयिक धुनको सशक्त संगम देख्न पाइन्छ।

यसैगरी, जेम्सी नेपाली र्‍याप संगीतमा उदाउँदै गरेको नाम हो। युवा पुस्तामाझ लोकप्रिय बन्दै गएका उनी आफ्नो फरक फ्लो, सामाजिक सन्देश र आधुनिक संगीत संयोजनका कारण चर्चामा छन्। परम्परागत रक र समसामयिक र्‍यापको संयोजनले एडिलेडमा अनौठो सांगीतिक अनुभव दिलाउने अपेक्षा गरिएको छ।

कार्यक्रम 3KG Entertainment & Event को आयोजनामा हुन लागेको हो। संस्थाका निर्देशक खुम घलेले समयमै टिकट खरिद गरी कार्यक्रमलाई सफल बनाउन सबै संगीतप्रेमीलाई आग्रह गर्नुभएको छ। अर्ली बर्ड टिकट खुला भइसकेको जानकारी दिँदै उहाँले सीमित सिट भएकाले ढिलो नगरी टिकट सुरक्षित गर्न अनुरोध गर्नुभएको छ।

शक्तिशाली स्वर, उच्च ऊर्जा, कालजयी गीत र आधुनिक र्‍यापको समिश्रणसहितको यो लाइभ कन्सर्ट एडिलेडमा नेपाली संगीतको ऐतिहासिक साँझ बन्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

https://imticketing.com/event/20/deepak-bajracharya-rhythm-band-with-jamesy?