२०८२ फागुन १२ मङ्गलबार

दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

  • admin २०८२ फागुन १२ मङ्गलबार
Durga Prasai (in yellow suit), a controversial businessmen and royalist leader behind the violence of March 28 in capital Kathmandu walks out of the Kathmandu District Court on 11th April, 2025. Prasai since the day of violence which resulted in death of two people had fled the country and arrested from Kakarbhitta, near the Nepal-India border. (Photo by Sanjit Pariyar/NurPhoto via Getty Images)

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले मंगलबार साँझ प्रसाईंको पक्षमा रिट जारी गरेको हो ।

निर्वाचन आयोगको पत्रबमोजिम प्रहरीले प्रसाईंलाई फागुन ४ गते पक्राउ गरेको थियो।

उनीमाथि आयोगको काममा प्रभावित पार्नेगरी अफवाह सिर्जना गरेको आरोप लगाइएको थियो ।

आयोगका पदाधिकारीले पैसा खाएर गगन थापालाई कांग्रेसको आधिकारिकता दिएको दावी प्रसाईले गरेका थिए ।