२०८२ फागुन १३ बुधबार

अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई आममाफी दिन म्यानमार सकारात्मक

  • admin २०८२ फागुन १३ बुधबार

काठमाडौं । परराष्ट्र मन्त्रालयले अनलाइन स्क्यामिङमा पक्राउ परेका १८ नेपाली कैदीलाई म्यानमारले आममाफी दिन सकारात्मक देखिएको जनाएको छ ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयको दक्षिणपूर्वी एसिया तथा प्रशान्त क्षेत्र महाशाखा प्रमुख प्रकाश अधिकारीले अवैध रुपमा म्यानमार पुगेर अनलाइन स्क्यामिङमा पक्राउ परेका नेपालीहरुलाई आममाफी दिन सकारात्मक देखिएको जानकारी दिएका हुन् ।

म्यानमारले अनलाइन स्क्यामिङ केन्द्रमा काममा लगाइएका १८ जना नेपालीलाई पक्राउ गरि एक वर्ष कैद सजाय सुनाएको थियो । त्यसलगतै म्यानमारका लागि नेपालका राजदूतसँग सम्पर्क गरि म्यानमारका उपविदेशमन्त्री र गृहमन्त्रीसँग भेटघाट गर्दा आममाफी दिन सकारात्मक रहेको जवाफ प्राप्त भएको अधिकारीले बताए ।