२०८२ फागुन १४ बिहीबार

काठमाडौं उपत्यकाका १५ कांग्रेस उम्मेदवारले ल्याए साझा ‘भिजन-१०’

  • admin २०८२ फागुन १४ बिहीबार

काठमाडौं । काठमाडौं उपत्यका अन्तर्गत पर्ने काठमाडौं, ललितपुर र भक्तपुरमा नेपाली कांग्रेसका उम्मेदवारहरूले विकासको मार्गचित्र भिजन १० सहित साझा प्रतिबद्धता सार्वजनिक गरेका छन्।

आज काठमाडौंमा एक कार्यक्रम गरेर आफ्नो साझा प्रतिबद्धताहरू सार्वजनिक गरेका हुन्।

काठमाडौं ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले उपत्यकाको दिगो विकासका लागि आगामी ५ वर्षमा गरिने साझा कामको खाका तयार पारेका हुन्।