२०८२ फागुन १७ आइतबार

पण्डित कुबेर सुवेदी र मुकुन्द शर्मा हुमागाईंको विशेष सत्सङ्ग कार्यक्रम एडिलेडमा हुँदै

  • admin २०८२ फागुन १७ आइतबार

एडिलेड,अष्ट्रेलिया — परदेशमा बसोबास गरिरहेका नेपाली समुदायलाई धर्म, संस्कार र आध्यात्मिक चेतनासँग जोड्ने उदेश्यका साथ नेपाली हिन्दु समाज दक्षिण अष्ट्रेलियाले भागवत सत्सङ्ग तथा आध्यात्मिक प्रवचन कार्यक्रम आयोजना गर्ने भएको छ।

समाजले सार्वजनिक गरेको जानकारीअनुसार, कार्यक्रम १५ मार्च २०२६, दिउँसो २:०० बजे मोडबरी नर्थस्थित 5 Famechon Cres, Modbury North SA (The Palms Banquet Hall) मा आयोजना हुनेछ।
कार्यक्रममा कथा व्यासका रूपमा १८ महापुराणका प्रख्यात वक्ता पण्डित कुबेर सुवेदी ले विशेष प्रवचन दिनेछन्। त्यसैगरी, श्री मुकुन्द शर्मा हुमागाईं (लङ्गे धरे धामका पीठाधीश्वर) को पनि विशेष उपस्थित हुने आयोजकले जनाएको छ।

कार्यक्रम संयोजक उद्धव खतिवडाका अनुसार, “यस कार्यक्रममार्फत समुदायमा नैतिक मूल्य, संस्कार र आध्यात्मिक चेतना अभिवृद्धि गर्न खोजिएको हो। सम्पूर्ण अध्यात्म–अनुरागी तथा धर्मप्रेमीहरूलाई सत्सङ्गको पुण्य अवसर प्राप्त गर्न हार्दिक आमन्त्रण गर्दछौँ।”

आयोजकले सहभागीहरूलाई आध्यात्मिक ज्ञान, शान्ति र सकारात्मक ऊर्जाको अनुभव लिन कार्यक्रममा उपस्थित हुन आग्रह गरेका छन्।