काठमाडौं । नेपाल सरकारले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै ती देशहरूमा स्थगित गरेको हो ।
विभिन्न देशहरूमा जाने नेपाली कामदारहरूको श्रम स्वीकृति तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रीस्तरीय निर्णय अनुसार यस्तो व्यवस्था गरिएको हो ।
मन्त्रालयले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायलमा श्रम स्वीकृति तत्कालका लागि स्थगित गरेको हो ।
ती देशहरूमा वैदेशिक रोजगारीका लागि जाने कामदारहरूले अबदेखि अर्को निर्णय नभएसम्म व्यक्तिगत वा संस्थागत कुनै पनि प्रकारको श्रम स्वीकृति पाउने छैनन् ।
मन्त्रालयले वैदेशिक रोजगार विभाग, ताहाचललाई एक पत्र पठाउँदै विभाग वा अन्तर्गतका कार्यालयहरूबाट प्रदान गरिने यस्ता श्रम स्वीकृतिहरू तत्कालका लागि स्थगित गर्न निर्देशन दिएको छ । सो क्षेत्रमा विद्यमान असहज परिस्थिति र कामदारहरूको सुरक्षालाई ध्यानमा राखेर मन्त्रालयले यो कदम चालेको हो । अर्को सूचना जारी नभएसम्म यो स्थगित प्रक्रिया जारी रहनेछ ।


तपाइँको प्रतिक्रीया