काठमाडौं । चीनले इरानमाथि अमेरिका र इजरायलले गरेको हमला अवैध रहेको भन्दै तत्काल सैन्य कारबाही रोक्न अपिल गरेको छ ।
इरानमाथिको आक्रमणले मध्यपूर्वमा थप युद्ध विस्तार हुने चिन्ता समेत बेइजिङको छ ।
चिनियाँ विदेशमन्त्री वाङ यी र इरानका समकक्षी अब्बास अरागचीबीच आज भएको टेलिफोन वार्ताको विवरण सार्वजनिक गर्दै बेइजिङले इरानको वैध र कानूनी अधिकारको समर्थन गर्ने जनाएको छ ।
चीनले इरानसँग आफ्नो पूरानो सम्बन्धलाई महत्त्व दिने र उसको सम्प्रभुता,क्षेत्रीय अखण्डा,सुरक्षा र राष्ट्रिय सम्मानको रक्षा गर्ने कुरामा समर्थन जनाउने बताएको छ ।

तपाइँको प्रतिक्रीया