२०८२ चैत ६ शुक्रबार

सभापतिको राजीनामा अस्वीकृत गर्छौँः उपसभापति शर्मा

  • admin २०८२ चैत ५ बिहीबार

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत हुने जनाएका छन् ।

सामाजिक सञ्जाल एक्समा लेख्दै उपसभापति शर्माले कांग्रेस केन्द्रीय समिति बैठकमा सभापतिको राजीनामा पत्रसँगै राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुने बताएका छन् ।

सभापति थापाले पार्टी पराजयको नैतिक जिम्मेवारी लिन्छु भन्नु सकरात्मक भएपनि सभापतिको प्रधान दायित्व वर्तमान स्थितिलाई सम्हाल्नु रहेको शर्माले उल्लेख गरेका छन् ।

‘नैतिक जिम्मा लिन्छु भन्नु सकरात्मक तर यतिबेलाको प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने दायित्व हो । बैठकमा प्रारम्भिक समिक्षा, राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेश हुनेछ’, शर्माको भनाई छ ।

कांग्रेस सभापति थापाले उपसभापति शर्मालाई राजीनामा पत्र बुझाएको बताइएको छ ।