काठमाडौं । निर्वाचन आयोगले हासै सम्पन्न प्रतिनिधिसभा चुनावकाे मत परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेश गरेको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी लगायतका पदाधिकारीहरूले प्रधानमन्त्री कार्कीसमक्ष प्रतिवेदन पेश गरेका हुन् ।
आयुक्तहरू डा जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव कृष्णबहादुर राउतलगायत पनि सो कार्यक्रममा पुगेका थिए ।
त्यस्तै, गृहमन्त्री ओमप्रकाश अर्याल तथा कानुन अनिल कुमार सिन्हा पनि प्रतिवेदन ग्रहण कार्यक्रममा सरिक थिए । आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई पनि निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाइसकेको छ ।

तपाइँको प्रतिक्रीया