२०८२ चैत ९ सोमबार

वरिष्ठ अर्थशास्त्री आचार्यको निधन

  • admin २०८२ चैत ९ सोमबार

काठमाडौं । वरिष्ठ अर्थशास्त्री केशव आचार्यको निधन भएको छ । ब्रेन स्ट्रोकपछि बेहोस भएका आचार्यको काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका क्रममा सोमबार बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

अघिल्लो मंगलबार ब्रेन स्ट्रोकको समस्या देखिएपछि आचार्यलाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको आज बिहान ९ः५५ बजे निधन भएको हो । मृतक आचार्यलाई अन्नपूर्ण न्युरोबाट आज ओम हस्पिटलमा सारिने र भोलि दाहसंस्कार गरिने उनको परिवारले जानकारी दिएको छ ।

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक भएर लामो समय काम गरेका आचार्यको आर्थिक नीति निर्माणमा समेत ठूलो योगदान रहेको छ । राष्ट्र बैंकको अवकाशपछि आचार्य आर्थिक नीति तर्जुमा तथा विश्लेषणमा सक्रिय थिए ।