एडिलेड,अष्ट्रेलिया/ एडिलेड अष्ट्रेलियाको एडिलेडमा नेपाली सांगीतिक माहोललाई थप उत्साहपूर्ण बनाउने उद्देश्यसहित ‘म्युजिक फेस्ट २०२६ (भाग–२)’ आयोजना हुने भएको छ। नेपाली संगीतप्रेमीहरूका लागि विशेष मानिएको यस भव्य सांगीतिक कार्यक्रममा चर्चित गायक सबिन राई र उनको ब्याण्ड द फ्याराओ, पछिल्लो पुस्तामाझ लोकप्रिय पूर्ण राई तथा दाजुभाइहरू एउटै मञ्चमा आफ्नो प्रस्तुति दिने भएका छन्
कार्यक्रम आगामी अप्रिल १७ गते शुक्रबार साँझ ७ बजेदेखि एडिलेडस्थित Hindley Street Music Hall मा सञ्चालन हुने आयोजकले जनाएको छ। Girish Event & Entertainment को प्रस्तुति तथा TRN Events को टुर व्यवस्थापनमा हुन लागेको यस सांगीतिक उत्सवप्रति दर्शकहरूको आकर्षण दिनानुदिन बढ्दै गएको छ।टिकट बिक्रीको अवस्थाले पनि कार्यक्रमप्रति रहेको उत्साहलाई स्पष्ट देखाएको छ। दर्शकलाई समयमै टिकट सुरक्षित गर्न आयोजकले आग्रह गरेका छन्।
नेपाली सांगीतिक क्षेत्रमा विशिष्ट पहिचान बनाएका सबिन राईका गीतहरू प्रवासमा रहेका नेपालीबीच अत्यन्त लोकप्रिय छन्। उनका प्रस्तुति केवल मनोरञ्जनमा सीमित नभई श्रोताको भावना र सम्झनासँग गहिरो रूपमा जोडिने गर्छन्। त्यस्तै, पूर्ण राई तथा दाजुभाइहरूले पछिल्लो समय युवा पुस्तामाझ बनाएको लोकप्रियताले कार्यक्रमलाई थप ऊर्जा र आकर्षण दिने अपेक्षा गरिएको छ।
आयोजक संस्था Girish Event & Entertainment निर्देशक गगन गिरीले दर्शकबाट प्राप्त उत्साहजनक साथप्रति कृतज्ञता व्यक्त गर्दै भने, “एडिलेडमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको माया र समर्थनले हामीलाई निरन्तर प्रेरणा दिएको छ। यो कार्यक्रम केवल मनोरञ्जन होइन, नेपाली समुदायबीच आत्मीयता, एकता र सांस्कृतिक जोडलाई अझ मजबुत बनाउने अवसर पनि हो।”
एडिलेडमा बसोबास गर्ने नेपाली समुदायका लागि यो कार्यक्रम सांगीतिक मनोरञ्जन मात्र नभई आपसी सम्बन्ध सुदृढ गर्ने, सांस्कृतिक पहिचान जगेर्ना गर्ने र नयाँ पुस्तालाई नेपाली संगीतसँग जोड्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। आयोजकले यसलाई “नेपालीपनको उत्सव” का रूपमा लिँदै व्यापक सहभागिताको अपेक्षा गरेका छन्।


तपाइँको प्रतिक्रीया