एडिलेड, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ साउथ अस्ट्रेलिया युवा मञ्चले खुला टेबल टेनिस प्रतियोगिता २०२६ आयोजना गर्ने भएको छ। नेपाली समुदायमा खेलकुदको विकास, युवाको सक्रिय सहभागिता र आपसी एकता सुदृढ गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको हो।

प्रतियोगितामा पुरुष र महिला गरी दुई विधा रहने आयोजकले जनाएको छ। खेललाई केवल प्रतिस्पर्धा मात्र नभई समुदायलाई जोड्ने सामाजिक र सांस्कृतिक मेलमिलापको माध्यमका रूपमा अघि बढाइने उल्लेख गरिएको छ।आयोजनालाई सफल बनाउन विभिन्न प्रायोजक तथा साझेदार संस्थाहरूले सहयोग गरेका छन्। मुख्य प्रायोजकमा Doko Tours रहेको छ,अन्य व्यवसायीहरूले पनि उक्त कार्यक्रमलाई सहयोग गरेका छन्।
साथै कार्यक्रमलाई नेपालिज टेबल टेनिस कम्युनिटी एडिलेडले लजिस्टिक व्यवस्थापनमा सहकार्य गर्नेछ।
प्रतियोगिता साउथ अस्ट्रेलियाको वुडभिल डिस्ट्रिक्ट टेबल टेनिस 37 Windsor Avenue, Woodville Park, SA मे १७ तारिख बिहान ९ बजेदेखि सुरु हुनेछ। पुरुष र महिला दुवै विधामा प्रथम पुरस्कार ५०० डलर, द्वितीय २५० डलर र तृतीय १०० डलर रहने आयोजकले जनाएको छ।
एनआरएनए साउथ अस्ट्रेलिया युवा मञ्चका संयोजक संगम पाण्डेले प्रतियोगिताबारे प्रतिक्रिया दिँदै भने, “यो प्रतियोगिता केवल खेलकुद मात्र होइन, हाम्रो समुदायका युवालाई जोड्ने, प्रतिभा उजागर गर्ने र आपसी सम्बन्ध मजबुत बनाउने महत्वपूर्ण अवसर हो। सबैलाई सहभागी भई यसलाई सफल बनाउन हार्दिक अनुरोध गर्दछौँ।”
आयोजकले इच्छुक खेलाडीहरूलाई तोकिएको अनलाइन फारम वा क्यूआर कोडमार्फत नाम दर्ता गर्न अनुरोध गरेको छ। कार्यक्रममा सहभागिता जनाउनको लागि रजिस्ट्रेसन शुल्क १० डलर तोकिएको छ। थप जानकारीका लागि संगम (०४२६ ६७७ ७१७) र बिकास (०४१६ ८९० ७२५) मा सम्पर्क गर्न सकिनेछ। https://docs.google.com/forms/d/e/1FAIpQLScHxLubzvgYiPKFOp7R4KCwgBrNa0qmGjr1u_CaD2rSpgXOmA/viewform



तपाइँको प्रतिक्रीया