काठमाडौं । प्रधानमन्त्री बालेन शाहले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल थालेका छन् । पदभार सम्हालेपछि पहिलो पटक आज शाहले मुख्यमन्त्रीहरूसँग सामूहिक भेट गरेका हुन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक जारी छ ।
विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत-साधनको समुचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा छलफल केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्र र प्रदेशबीच सहकार्य कसरी अझ सुदृढ बनाउने भन्ने विषय पनि बैठकको केन्द्रित रहेको जनाइएको छ।

तपाइँको प्रतिक्रीया