काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदनमा असंसदीय शब्दावली परिभाषित गरिएको छ ।
“असंसदीय शब्द भन्नाले अशिष्ट, अश्लील, अपमानजनक, आपत्तिजनक शब्द वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने र कुनै व्यक्ति, जाति, धर्म, भाषा वा लिंगलाई होच्याउने वा अरू कुनै किसिमले असर पर्ने, भेदभाव गर्ने, मर्यादा घटाउने, अप्रमाणित आरोप लगाउने, भौगोलिक भेदभाव झल्कने गरी बोलेको शब्दलाई असंसदीय शब्द सम्झनु पर्छ,” परिभाषा खण्डको ‘ग’मा भनिएको छ ।
यसअघि असंसदीय शब्दको परिभाषा गरिएको थिएन । मस्यौदा समितिले तयार पारेको प्रतिवेदन मंगलबार सभामुख डीपी अर्याललाई बुझाएको छ ।
उक्त प्रतिवेदन प्रतिनिधिसभाबाट पारित भएपछि मात्रै लागु हुनेछ ।

तपाइँको प्रतिक्रीया