शिक्षामन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (टीयू) परिसरमा रहेको क्रिकेट मैदान भत्किने हल्ला असत्य रहेको बताएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले टीयू खेलमैदानबारे उठेका जिज्ञासाको जवाफ दिएका हुन् ।
मन्त्री पोखरेलले सोमबार बिहान मात्रै टीयू पदाधिकारीसँग छलफल भएको जानकारी दिँदै मैदान भत्काउने कुनै योजना नभएको स्पष्ट पारे ।
‘पहिलेको लिज सम्झौता सकिएको छ, अब नयाँ ढाँचामा भाडा सम्झौता हुन्छ,’ उनले भने, ‘राज्यको यति ठूलो लगानी भएको संरचना भत्किँदैन । सकिएको लिजलाई नयाँ सम्झौतामार्फत निरन्तरता दिइन्छ ।’

तपाइँको प्रतिक्रीया