अष्ट्रेलिया| नेपाल सरकारले अष्ट्रेलियाका तीनसहित विभिन्न १५ स्थानका अवैतनिक महावाणिज्यदूत तथा वाणिज्यदूतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को आजको बैठकले न्यू साउथ वेल्सका सन्जीव शर्मा, भिक्टोरियाका निराजन गौली र साउथ अष्ट्रेलियाका दिपक धमलालाई पदमुक्त गरेको हो।
परराष्ट्र मन्त्रालयका अनुसार ओसेनिया क्षेत्रअन्तर्गत न्यूजिल्याण्डका अवैतनिक वाणिज्यदूत दिनेश खड्कालाई पनि हटाइएको छ।
साथै अमेरिका, मलेसिया, इन्डोनेसिया, इजरायल, साइप्रस, जर्मनी, पोल्यान्ड, स्लोभानिया र माल्टाका विभिन्न स्थानमा रहेका अवैतनिक वाणिज्यदूतहरूलाई पनि पदमुक्त गरिएको जनाइएको छ।

तपाइँको प्रतिक्रीया