२०८२ माघ २ बिहीबार

दोस्रो-विवाह गरेको आरोपमा सोलुखुम्बुका १ जना पक्राउ

  • २०७८ माघ १५ शनिवार

काठमाण्डौँ  : दोस्रो-विवाह गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नेचासल्यान गाउँपालिका २ चौताराका ३४ बर्षीय करिबराज नेवार रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आरोपित नेवारले यहि माघ ३ गते एक १८ बर्षीय महिलासँग दोस्रो बिवाह गरेको जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरी निरीक्षक एवं सुचना अधिकारी ऋषिराज ढकालले जानकारी दिए ।

उनका अनुसार नेवारलाई जेठी श्रीमतीको जाहेरीको आधारमा माघ ७ गते नेचासल्यानबाटै पक्राउ गरिएको हो ।