२०८२ माघ २ बिहीबार

सन्दीपविरूद्व सर्वोच्चमा मुद्वा चलाउने निर्णय

  • admin २०८१ भाद्र १७ सोमबार

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेमाथि सर्वोच्च अदालतमा मुद्वा चलाउनुपर्ने निर्णय भएको छ ।

उच्च सरकारी वकिलको कार्यालयले सन्दीपविरूद्व सर्वोच्चमा मुद्वा चलाउनुपर्ने निर्णय गर्दै महान्यायाधीवक्ताको कार्यालयमा फाइल पठाएको हो । यसअघि उच्च अदालत पाटनले सन्दीपलाई बलात्कार मुद्वामा सफाइ दिएको थियो ।

सर्वोच्चको निर्णय त्रुटिपूर्ण भएकाले बदर भई बलात्कारमा हदैसम्मको कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला हुनुपर्ने माग पुनरावेदनमा गरिएको छ। यसअघि साउन ११ गते पीडित गौशाला २६ ले लामिछाने विरुद्धको मुद्दा अघि नबढाइदिन आग्रह गर्दै निवेदन दिनु भएको थियो ।

उहाँको निवेदनलाई पनि साथै राख्दै लामिछानेविरुद्ध एक तहमाथि (सर्वोच्च) जानुपर्ने आधारहरू रहेको दाबी उच्च सरकारी वकिल कार्यालयले गरेको छ।