एडिलेड । गिरीश च्याम्पियनसिप फुटवल प्रतियोगिताको चौथो संस्करण गिरीश च्याम्पियनसिप २०२४ को तयारी पूर्णरूपमा सम्पन्न भएको छ । फुटवल प्रतियोगिता यही नोभेम्वर २३ शनिवार र २४ आइतवार एडिलेडको न्यु स्पोर्ट स्टीडियममा हुने भएको छ ।
प्रतियोगितामा साउथ अष्ट्रेलिया, न्यु साउथ वेल्स, भिक्टोरिया, कुइन्सल्याड, तास्मानियाबाट १४ टिम सहभागी हुने आयोजक गिरीश इभेन्ट एण्ड इन्टरटेन्मेनका निर्देशक गगन गिरी बताएका छन् । गिरीले प्रतियोगिताको प्रतियोगिता पूर्व गर्नुपर्ने तयारी पूर्णरूपमा सम्पन्न भइसकेको पनि जानकारी दिए। प्रतियोगितामा सहभागिता जनाउन अन्य राज्यबाट पनि खेलाडीहरु शुक्रबारसम्ममा आइसक्ने निर्देशक गगन गिरीले जानकारी दिनुभयो ।
चौथो गिरीश च्याम्पियनसिप २०२४ मा प्रथम पुरस्कार १२ हजार अष्ट्रेलियन डलर रहेको प्रतियोगितामा दोस्रोलाई तिनहजार अष्ट्रेलियन डलर , भ्यालुयवेल प्लेयर अवार्ड ३०० अष्ट्रेलियन डलर, हाई स्कोरर २५० अष्ट्रेलियन डलर, उत्कृष्ट गोलकिपर दुई सय पचास अष्ट्रेलियन डलर, उत्कृष्ट गोल रक्षक दुई सय पचास अष्ट्रेलियन डलर, उत्कृष्ट मिडफिल्डर दुई सय पचास अष्ट्रेलियन डलर रहेको छ ।
प्रतियोगिताको सिटी अफ टि ट्री गली मुख्य सौजन्यकर्ता र मुख्य सहयोगीका रुपमा ग्रेस इन्टरनेशनल रहेको छ । शनिबार र आइतबार गरी दुई दिनसम्म चल्ने प्रतियोगितामा विभिन्न राज्यका नेपालीहरूको फुटबल क्लब समावेश हुने भएकाले गिरीले सम्पूर्ण फुटबल प्रेमी नेपालीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रम सफल बनाइदिनु हुन पनि अनुरोध गर्नुभएको छ।
तपाइँको प्रतिक्रीया