२०८२ कातिर्क ३ आइतबार

मेलबर्नको यति फुटबल क्लबले जित्यो गिरिश कप २०२४ को उपाधि

  • admin २०८१ मंसिर ११ मङ्गलबार

एडिलेड / साउथ अस्ट्रेलियामा सञ्चालित गिरीश च्याम्पियनसिप फुटवल प्रतियोगिताको चौथो संस्करण ‘गिरीश च्याम्पियनसिप २०२४’ को उपाधि मेलबर्नको यति फुटबल क्लबले जितेको छ । फुटवल प्रतियोगिता नोभेम्वर २३ शनिवार र २४ आइतवार दुई दिन गरी एडिलेडको न्यु स्पोर्ट स्टीडियममा सम्पन्न भएको हो । प्रतियोगितामा सिड्नीको सेन्टजर्ज फुटबल क्लबलाई शून्यका विरुद्ध एक गोल अन्तरले पराजित गर्दै यति फुटबल क्लबले उपाधिमा कब्जा कब्जा गर्न सफल भएको थियो। यति फुटबल क्लबले जितसँगै १२ हजार डलर पुरस्कार र ट्रफी प्राप्त गरेको छ। क्लबलाई उपाधि जिताउन अभिषेक रिजालले निर्णायक गोल गरेका थिए।

दोस्रो स्थानमा सीमित रहेको सेन्टजर्ज फुटबल क्लबले भने ३ हजार डलर सहित ट्राफिक प्राप्त गरेको छ। प्रतियोगितामा धेरै विधामा ट्रफी हात पार्न सफल भएका थिए यति फुटबल क्लबका खेलाडीहरूले जसमा बेष्ट डिफेन्समा विवेक पन्तले २५०, बेष्ट मिडफिल्डरमा सुमन लामाले २५० , मष्ट भ्यालुएबल प्लेयर र बेस्ट गोलकिपरको पुरस्कार एलएन न्यौपानेले ३०० र २५० डलर ट्रफी सहित प्राप्त गर्न सफल भएका थिए।
त्यसैगरी प्रतियोगितामा टप स्कोरलको उपाधि रिमझिम क्लबका खेलाडी सुनिल श्रेष्ठले २५० डलर र फेयर प्ले एवार्ड गोर्खा स्टार्स फुटबल क्लबले ट्रफी जित्न सफल भएको थियो।

उक्त ग्रिस फुटबल प्रतियोगितामा भेट्रानतर्फको खेलहरू पनि सम्पन्न भएका थिए । जसमा भेट्रानतर्फको रोयल वेष्टर्न फुटबल क्लबले जित हासिल गरेको थियो। जितसँगै क्लबले १५०० डलर पुरस्कारसहित मेडल प्राप्त गरेको छ । भेट्रानतर्फ दोश्रो स्थान प्राप्त गरेको थियो एडिलेड वारियर्स फुटबल क्लब । जसले ५०० डलर पुरस्कार प्राप्त गरेको थियो । भने प्रतियोगितामा रोयल वेष्टर्न फुटलब क्लबका सदस्य विकास सिलवालले मष्ट भ्यालुएबल प्लेयरको उपाधि १५० डलर जितेका थिए । त्यस्तै टप स्कोरर रोयल वेष्टर्नकै दिपक अधिकारी बन्न सफल भए उनले १०० डलर प्राप्त गरेका थिए । बेष्ट गोलकिपरको एवार्ड एडिलेड वारियर्सका सुमित मल्ल बन्न सफल भए उनले पनि १०० डलर प्राप्त गरेका थिए । खेल खेलाउन अति महत्त्वपूर्ण भूमिका खेलेका एम्पायर तथा लायन्सम्यानलाई ट्रफी सहित सम्मान गरिएको थियो।

प्रतियोगिताको सिटी अफ टि ट्री गली मुख्य सौजन्यकर्ता र मुख्य सहयोगीका रुपमा ग्रेस इन्टरनेशनल रहेको थियो । पुरस्कार वितरणको कार्यक्रम सञ्चालन शाबा डीसी न्यौपाने गर्नुभएको थियो भने खेलाडीहरुलाई सिटी अफ टीट्री गुल्लीकी मेयर मारिज्का रायनले र ग्रेस इन्टरनेसनल एजुकेसन एण्ड माइग्रेसन एडिलेडका निर्देशक उज्जवल श्रेष्ठले ट्रफी तथा पुरस्कार वितरण गर्नुभएको थियो। भने उपस्थित दर्शक तथा खेलाडीहरूलाई कालिकोटे ज्वलर्स एडिलेडको तर्फबाट निःशुल्क पानी वितरण गरिएको थियो।

गिरिश ईभेन्ट एण्ड ईन्टरटेन्मेन्टका निर्देशक गगन गिरीले कार्यक्रम सफल पार्न सहयोग गर्ने मुख्य प्रायोजकसहित प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो।