२०८२ कातिर्क ३ आइतबार

एनपीएलमा जनकपुर बोल्ट्सको सानदार विजयी सुरुवात

  • admin २०८१ मंसिर १५ शनिवार

काठमाडौं । जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा सानदार विजयी सुरुवात गरेको छ ।

शनिबार टीयू क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्समाथि ८ विकेटको सानदार जित निकालेको हो । जितका लागि १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा १३१ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

जनकपुरका लाहिरू मिलन्थाले सर्वाधिक अविजित ७५ रन जोडे । उनले तेस्रो विकेटका लागि हर्ष थक्करसँग मिलेर शतकीय अविजित साझेदारी गरे । १५ रनलाई २ विकेट गुमाएको जनकपुरको ब्याटिङ लाहिरु र हर्षले सम्हालेका थिए ।

बलिङमा विराटनगरका प्रतिश जिसी र क्रिस सोलले एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको विराटनगर १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन बनाएको थियो । विराटनगरका मार्टिन गुप्टिलले सर्वाधिक ५५ रन जोडेका थिए । अकिव इल्यास १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

एनपिएलअन्तर्गत आइतबार कुनै पनि खेल हुने छैन ।सोमबार दुई खेल हुनेछन् । सोमबार हुने पहिलो खेलमा काठमाडौं गुखार्ज र चितवन राइनोज र दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबिच प्रतिस्पर्धा हुनेछ । पहिलो खेल बिहान सवा ९ र दोस्रो खेल दिउँसो सवा १ बजे सुरु हुनेछ ।