२०८२ कातिर्क ३ आइतबार

नेपाल पहिलो पटक दृष्टिविहीन विश्वकप क्रिकेटको सेमिफाइनलमा

  • admin २०८१ मंसिर १६ आइतबार

काठमाडौं । नेपाल पहिलो पटक दृष्टिविहीन टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगिताको चौथो संस्करणमा नेपाल चौथो स्थानमा रहँदै सेमिफाइनल प्रवेश गरेको हो ।

नेपालले अब आइतबार सेमिफाइनलमा घरेलु टोली पाकिस्तानसँग खेल्ने छ । यसअघि पाकिस्तानले लिग चरणको खेलमा नेपाललाई १० विकेटले पराजित गरेको थियो ।

लिग चरणमा श्रीलंका, बंगलादेश र पाकिस्तानसँग पराजित भएको नेपालले दक्षिण अफ्रिका र अफगानिस्तानलाई पराजित गरेको थियो ।

नेपाल अफगानिस्तानसँग एक सय आठ रनले तथा दक्षिण अफ्रिकासँग ११ रनले विजयी भएको थियो भने श्रीलंकासँग ७० रनले, बंगलादेशसँग ६७ रनले तथा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

पाकिस्तानमा जारी दृष्टिविहीन विश्वकप क्रिकेट प्रतियोगितामा नेपालसँगै बंगलादेश, श्रीलंका, पाकिस्तान, दक्षिण अफ्रिका र अफगानिस्तान सहभागी छन् ।

दृष्टिविहीन विश्वकप क्रिकेटमा नेपाल सन् २०१२ देखि सहभागी हुँदै आएको छ । यसअघि सम्पन्न तीनवटै संस्करणमा नेपाल सेमिफाइनलमा पुग्न सकेको थिएन ।

दोस्रो सेमिफाइनल खेल आइतबार नै बंगलादेश र श्रीलंकाबीच हुनेछ । फाइनल खेल भने मंगलबार हुनेछ ।