काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा सहकारीबाट रकम आएको कुनै आधिकारिक प्रमाण नभएको बताएका छन्। कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा मुछिएका लामिछानेले आफूले सहकारीबाट रकम लिएको वा उपभोग गरेको जानकारी नभएको बताएका छन्। उनका अनुसार, गोर्खा मिडियाले सहकारीसँग कुनै सम्झौता गरेको कुरा न त उनले थाहा पाएको थियो, न कुनै कागजातमा त्यसको पुष्टि भएको छ।
उनले भनेका छन्, “सहकारीबाट रकम लिएको भए ताकेता आउनुपर्ने थियो। तर, कुनै जानकारीबिना मेरो नाममा खाता खोलिएको देखियो । म कुनै पनि गैर कानुनी कार्यमा संलग्न छैन।” लामिछानेले गोर्खा मिडियाको प्रबन्ध निर्देशक पद छाडिसकेको र शेयर फिर्ता गरिसकेको दाबी गरेका छन्। उनले सहकारीसँग कुनै सम्बन्ध नरहेको भन्दै लगाइएको आरोप अस्वीकार गरेका छन्।

तपाइँको प्रतिक्रीया