२०८२ कातिर्क ३ आइतबार

नेपाली क्रिकेटर अनिल खरेलले एडिलेडमा युवा क्रिकेट प्रेमीहरूलाई प्रशिक्षण दिने

  • admin २०८१ माघ १ मङ्गलबार

एडिलेड/  नेपाली राष्ट्रिय टोलीका प्रतिभाशाली क्रिकेटर अनिल खरेलले आफ्नो खेलकुद अनुभव र कौशललाई एडिलेडमा रहेका युवा क्रिकेट प्रेमीहरूसँग बाँड्न तयार रहेको बताएका छन्

एडिलेड युनिभर्सिटी क्रिकेट क्लबमा प्रिमियर फर्स्ट ग्रेडको क्रिकेट खेल्दै आएका खरेलले  आफ्नो १० वर्षभन्दा लामो क्रिकेट यात्राका अनुभवका आधारमा युवा खेलाडीहरूलाई प्रशिक्षण दिने घोषणा गरेका छन्। खरेलले व्यक्तिगत प्रशिक्षण सत्रहरू सञ्चालन गर्दै क्रिकेटको विभिन्न पक्षहरू जस्तै ब्याटिङ, बलिङ, फिल्डिङ र खेल रणनीतिमा सुधार गर्न सहयोग गर्ने बताएका छन्। उनी प्रशिक्षार्थीहरूको आत्मविश्वास वृद्धि र टिम स्पिरिटलाई बलियो बनाउने लक्ष्यसहित यो कार्यक्रम सञ्चालन गर्दैछन्।

खरेल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी हुन्। नेपाल, भारत र अष्ट्रेलियामा प्रशिक्षण र प्रतिस्पर्धा गरिसकेका छन्। उनले पछिल्ला २ वर्षमा धेरै युवा खेलाडीहरूलाई सफलतापूर्वक प्रशिक्षण दिएका छन्।  उनको मुख्य उद्देश्य नयाँ प्रतिभाहरूलाई उत्प्रेरित गर्दै उनीहरूको क्षमता उजागर गर्नु रहेको उनी बताउँछन्

“खेलौं, सिकौं र रमाइलो गरौं!” भन्ने नारासहित खरेलले यो कार्यक्रम अघि बढाउने बताएका छन्। उनी हालसालै नेपालमा सम्पन्न भएको एनपीएलमा विराटनगर किङ्समा आबद्ध भएर खेलेका थिए।

क्रिकेट खेल्न र सिक्न इच्छुक व्यक्तिहरूले यो अवसरको फाइदा उठाएर अनिल खरेलसँग प्रशिक्षण लिन र क्रिकेटमा नयाँ उचाइ हासिल गर्न सक्नेछन्।

फोन र इमेल मार्फत पनि आफूलाई सम्पर्क गर्न सकिने खरेलले बताएका छन्।

सम्पर्क: फोन: +610403151372 इमेल: [email protected]