२०८२ कातिर्क ३ आइतबार

एडिलेडमा २ मार्चमा एक्सपट एन्का सुपर लिगको फाइनल खेल, साउदर्न नाइटस र भिएक्सएल युनाईटेड बीच हुँदै

  • admin २०८१ फागुन १७ शनिवार

एडिलेड । साउथ अष्ट्रेलियाको एडिलेडमा जारी एक्सपट एन्का सुपर लिगको फाइनल खेल आगामी २ मार्च आइतवार  गत वर्षको विजेता साउदर्न नाइटस र भिएक्सएल युनाईटेड बीच हुने भएको छ। खेल एडिलेडको क्यालेट ओवलमा दिउँसो ३:०० बजे सुरु हुनेछ।

नेप्लिज क्रिकेट एसोसियसन(एन्का)द्वारा आयोजित लिगको फाइनल खेल विजेता टिमलाई रनिङ शिल्ड र अष्ट्रेलियन डलर ४,००० सहित खेलाडीलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ। उपविजेताले अष्ट्रेलियन डलर १,००० पाउने छन्।

फाईनल खेल साउथ अष्ट्रेलियन क्रिकेट एसोसियसन (साम्का)का रेफ्रिहरुबाट संचालन गरिने भएको छ एन्का अध्यक्ष विजय जोशीले भने, “यो लिग खेलाडीलाई क्रिकेटको उच्च तहको खेलका लागि अवसर प्रदान गर्नेछ, र राम्रो प्रदर्शन गर्ने खेलाडीले स्थानिय प्रिमियर क्लवहरूमा छनोट हुने सम्भावना छ।”

साथै, जोशीले सबै एडिलेडवासी नेपालीहरुलाई फाइनल खेल हेर्नका लागि निमन्त्रणा पनि गरेका छन्।