२०८२ कातिर्क ३ आइतबार

नमस्ते सुपरमार्केटले जित्यो एन्का सिक्स ए साइड २०२५ को उपाधि, च्यारिटी खेलमा एजेन्ट टिम विजयी

  • admin २०८१ चैत ५ बुधबार

एडिलेड,अष्ट्रेलिया – एडिलेड नेप्लिज क्रिकेट एशोसिएसन (एन्का) को आयोजनामा सम्पन्न ‘एन्का सिक्स ए साइड टुनामेन्ट २०२५’ मा नमस्ते सुपरमार्केट च्याम्पियन बनेको छ । फाइनल खेलमा नमस्ते सुपरमार्केटले फ्लाईट कनेक्टलाई पराजित गर्दै उपाधि हात पारेको हो ।

विजेता बनेको नमस्ते सुपरमार्रकेट लाई नगद दुई हजार अष्ट्रेलियन डलर, कप र खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो भने उप विजेता फ्लाईट कनेक्टलाई कप तथा टिमका खेलाडीहरुलाइ मेडल प्रदान गरिएको थियो ।

विशेष अवार्डहरू:
• उत्कृष्ट खेलाडी (Player of the Tournament): संगम गौतम (एक्सपर्ट)
• उत्कृष्ट ब्याट्सम्यान (Best Batsman): देशम (आईईए वारियर)
• उत्कृष्ट बलर (Best Bowler): शिव शर्मा (आईईए वारियर)
• उत्कृष्ट फिल्डर (Best Fielder): विनायक श्रेष्ठ (अमेक्स)

प्रतियोगितामा ८ व्यवसायिक टोलीहरू सहभागी भएका थिए, जसमा Namaste Supermarket,Flight Connect,Pacific Education & Visa Services,IEA Warriors ,Anex Real Estate,VXL Education Adelaide,Extratech Adelaide
Expert Education & Visa Services लगायतका टोलीहरूले प्रतिस्पर्धा गरेका थिए ।

एन्का च्यारिटी क्रिकेट २०२५

प्रतियोगिताको विशेष आकर्षणको रूपमा एन्का च्यारिटी क्रिकेट २०२५ खेल समेत आयोजना गरिएको थियो । यस च्यारिटी खेलमा प्रोफेसनल टिम र एजेन्ट टिमले प्रतिस्पर्धा गरेका थिए । प्रोफेसनल टिमको नेतृत्व कानुन व्यवसायी मोती नरालले गर्नु भएको थियो भने एजेन्ट टिमको नेतृत्व एक्सपर्ट एडिलेडका निर्देशक रुपक बर्तौलाले गर्नु भएको थियो ।

च्यारिटी खेलमा एजेन्ट टिम विजयी भएको थियो । उक्त खेलमार्फत जोरा फाउन्डेसन अष्ट्रेलियाको सहयोगार्थ ६,४०० अष्ट्रेलियन डलर संकलन गरिएको थियो । पुरस्कार वितरण समारोहमा एन्का अध्यक्ष विजय जोशीले एडिलेडमा रहेका व्यवसायिक संस्थाहरूले खेलकुद क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै प्रतियोगिताले व्यवसायिक संस्थाहरूबीचको सम्बन्ध अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिस्पर्धात्मक खेलका साथै मनोरञ्जनको पक्षलाई समेत ध्यानमा राखेर प्रतियोगिता आयोजना गरिएको भन्दै सहभागी खेलाडी, अफिसियल, व्यवस्थापक र दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विजेता तथा उपविजेता टोलीका कप्तानहरू र च्यारिटी खेलका कप्तानहरूले समेत मन्तव्य राख्दै आगामी दिनमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए । पुरस्कार वितरण समारोहमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष संजय पुरी लगायत एन्काका पदाधिकारीहरूले विजयी खेलाडीहरूलाई पुरस्कार प्रदान गरेका थिए ।