२०८२ कातिर्क ३ आइतबार

अष्ट्रेलियन भूटानी प्रथम क्याम्प स्तरीय एकदिने पुरुष र महिला भलिबल प्रतियोगिता २०२५ को घोषणा

  • admin २०८१ चैत ११ मङ्गलबार

एडिलेड / स्पोर्ट्सको क्षेत्रमा साउथ अस्ट्रेलियामा क्रियाशील अजी ड्रुक भलिबल क्लब (ADVC) ले “अष्ट्रेलियन भूटानी प्रथम क्याम्प स्तरीय एकदिने पुरुष र महिला भलिबल प्रतियोगिता २०२५” को घोषणा गरेको छ। यो रोमाञ्चक प्रतियोगिता २०२५ मार्च २९ तारिख, शनिबार बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म Tyndale Christian School, Salisbury East , SA मा आयोजना हुनेछ।।

खेलकुदमार्फत एकता (Unity through Sports) भन्ने नाराका साथ आयोजना गरिने उक्त प्रतियोगितालाई The Raj Group Services Pty Ltd ले मुख्य प्रायोजन गरेको छ।

भलिबल प्रतियोगितामार्फत युवाहरूलाई सामाजिक गतिविधिमा संलग्न गराउनुका साथै नेपालका शरणार्थी क्याम्पका यादहरूलाई स्मरण गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ। ADVC का अध्यक्ष कृष्ण पौडेल का अनुसार, “हाम्रो उद्देश्य खेलकुदको माध्यमबाट एकता र उत्सवको माहोल सिर्जना गर्नु हो।”

प्रतियोगितामा सहभागी तथा दर्शकहरूले रोमाञ्चक भलिबल खेलका साथै सांस्कृतिक नृत्यहरू र नेपाली स्वादिष्ट परिकारहरूको स्वाद चाख्न पाउने आयोजक संस्थाले जनाएको छ। साथै, कोष संकलनका लागि आयोजना गरिने राफल ड्रमा आकर्षक पुरस्कारहरू राखिएका छन्, जसमा २४ क्यारेट सुनको पोते, Deurali Restaurant को $५० मूल्यको खाना भौचर, र $३५ को उपहार कार्ड समावेश छन्।

अजी ड्रुक भलिबल क्लब ले सम्पूर्ण नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई यस विशेष अवसरमा सहभागी भई एकताको सन्देश फैलाउन निमन्त्रणा गरेको छ। आयोजकका अनुसार, यो प्रतियोगिता केवल भलिबल खेल मात्र नभई समुदायबीचको प्रेम,गर्व र खुसीको उत्सवसमेत रहने विश्वास व्यक्त गरेका छन्।
उक्त कार्यक्रमबारे थप जानकारीका लागि 0424654936 वा [email protected] मा सम्पर्क गर्न सक्नुहुनेछ।